सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • ट्रकको ठक्करबाट दुई बिथार्थीको मृत्यु, राजमार्ग अबरुद्ध

ट्रकको ठक्करबाट दुई बिथार्थीको मृत्यु, राजमार्ग अबरुद्ध

1705
Shares
ट्रकको ठक्करबाट दुई बिथार्थीको मृत्यु, राजमार्ग अबरुद्ध

धादिङ / ट्रकको ठक्करबाट धादिङमा दुइ बिधार्थीको मृत्यु भएको छ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ फुर्केखोलामा आज बिहान ट्रकको ठक्करबाट दुई विद्यार्थीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सूचना अधिकारी सन्तुलालप्रसाद जैसवारका अनुसार ट्रकको ठक्करबाट दुबै बिधार्थीको घटनास्थलमा नै मृत्यु भएको हो । उनका अनुसार ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ । मृतकका आफान्तले यतिखेर पृथ्वी राजमार्ग अबरुद्ध गरिरहेका छन् ।

काठमाण्डौमा समान पुरयाएर मुग्लिनतर्फ जाँदै गरेको प्रदेश ०२–००१ख ६४१३ नम्बरको ट्रकले उनीहरुलाई आज बिहान ठक्कर दिएको प्रहरीले जनाएको छ । धादिङ प्रहरीका अनुसार यसरी मृत्यु हुनेमा सिद्धलेक गाउँपालिका– ६ का १४ वर्षीय निर्मल श्रेष्ठ र १४ वर्षीय सञ्जीव श्रेष्ठ रहेका छन । उनीहरु बागेश्वरी मावि मलेखुमा कक्षा ८ मा अध्ययनरत थिए ।

दुर्घटनापछि आक्रोशित मृतकका आफन्त तथा स्थानीय बासिन्दाले राजमार्ग अवरुद्ध गरेका हुन् । अबरूद्द सडक खुलाउने प्रयास भइरहेकाे प्रहरीले जनाएकाे छ ।

1705
Shares

ट्रेन्डिङ