सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • ठूलो परिमाणमा चाँदी बरामद

ठूलो परिमाणमा चाँदी बरामद

1205
Shares
ठूलो परिमाणमा चाँदी बरामद

विराटनगर | चाँदी तस्करी प्रकरणमा प्रहरीले विराटनगर–११ पिचरास्थित पशुपति ज्वेलर्सका सञ्चालक विश्वजित जानालाई नियन्त्रणमा लिएको छ।

सुनचाँदी पसलबाट आज अर्थात् बिहीवार दिउँसो ठूलो परिमाणमा तस्करीको चाँदीको गरगहना बरामद भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका सञ्चालकलाई अहिले विराटनगर भन्सार कार्यालयमा रहेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए। पक्राउ परेका जाना भारतीय नागरिक हुन्। उनले पिचरामा सुनचाँदीको पसल सञ्चालन गर्दै आएका थिए।

विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी पर्शुराम दाहालले बरामद गरेको चाँदीको गरगहना अहिले भन्सार कार्यालयमा राखिएको जानकारी दिए। बरामद गरिएको चाँदी तौलिने काम भइरहेको जानकारी दिँदै उनले तौलिएपछि परिमाण थाहा हुने बताए।

विराटनगर भन्सार कार्यालय, मोरङ प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा छापा मारेर चाँदी बरामद गरेको हो। बरामद गरिएको चाँदीको बिलबिजक छैन। बरामद गरिएको चाँदीका गरगहना पाँचवटा प्लास्टिकको बोरामा हालेर लगिएको छ।

1205
Shares

ट्रेन्डिङ