सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • टी-२० विश्वकपमा पुगेको नेपाली टोलीलाई ५० लाख दिने घोषणा

टी-२० विश्वकपमा पुगेको नेपाली टोलीलाई ५० लाख दिने घोषणा

790
Shares
टी-२० विश्वकपमा पुगेको नेपाली टोलीलाई ५० लाख दिने  घोषणा

नेपाल क्रिकेट संघ क्यानले टी–२० विश्वकपमा छनोट हुने राष्ट्रिय टिमलाई ५० लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ 

सोमबार बसेको क्यानको बोर्ड बैठकले टोलीलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको क्यानका सचिव पारस खड्काले बताए ।काठमाडौंमा भएको टी–२० विश्वकपमा छनोटको सेमिफाइनलमा यूएईलाई हराउँदै नेपाल आउँदो वर्ष अमेरिका र वेष्ट इण्डिजमा हुने विश्वकपमा छनोट भएको थियो ।

बैठकले विश्वकप छनोटको फाइनलमा नेपाल र ओमानबीचको खेलमा टिकटबाट उठेको रकमको ५० प्रतिशत रकम जाजरकोटमा गएको भूकम्पबाट प्रभावितहरुलाई सहयोग गर्ने निर्णय पनि गरेको खड्काले बताए ।

790
Shares

ट्रेन्डिङ