सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • बिमान दुर्घटनामा परी १४ जनाको मृत्यु

बिमान दुर्घटनामा परी १४ जनाको मृत्यु

2055
Shares
बिमान दुर्घटनामा परी १४ जनाको मृत्यु

रियो दि जिनरियो :- ब्राजिलको अमेजोनास राज्यमा शनिबार एउटा विमान दुर्घटना भएको छ । जस दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ ।

समाचार अनुसार सो राज्यको राजधानी मनौसबाट करिब ४०० किलोमिटर टाढा रहेको बार्सेलोसमा बिमान दुर्घटना भएको हो । मृत्यु हुनेमा अमेरिकी नागरिक पनि रहेको मिडिया रिपोर्टमा दाबी गरिएको छ ।

अमेजनस राज्यका गभर्नर विल्सन लिमाले सामाजिक सञ्जाल पोस्टमा भने, ‘शनिबार बार्सिलोसमा भएको विमान दुर्घटनामा परी १२ जना यात्रु र दुई चालक दलका सदस्यको मृत्यु भएकोमा गहिरो दुःख लागेको छ। हाम्रा टोलीहरू आवश्यक सहयोग प्रदान गर्न काम गरिरहेका छन्। मृतकका परिवार र आफन्तजनमा मेरो समवेदना र प्रार्थना छ।’

यसअघि मानौस एरोट्याक्सी एयरलाइन्सले विमान दुर्घटनाको पुष्टि गर्दै घटनाको अनुसन्धान गरिरहेको बताएको थियो तर मृत्युबारे कुनै जानकारी दिइएको थिएन। एयरलाइन्सले एक विज्ञप्तिमा भनेको छ कि हामी यस कठिन समयमा दुर्घटनामा ज्यान गुमाउनेहरूको गोपनीयताको सम्मानमा भरोसा गर्दछौं र अनुसन्धान अगाडि बढ्दै जाँदा सबै जानकारी प्रदान गरिनेछ।

2055
Shares

ट्रेन्डिङ