सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • पेट्रोलियम पदार्थको भाउ बढ्यो

पेट्रोलियम पदार्थको भाउ बढ्यो

640
Shares
पेट्रोलियम पदार्थको भाउ बढ्यो

काठमाडौं | नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले बिहीबार राती १ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ बढाएको हो ।

निगमले काठमाडौंमा पेट्रोल ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा २ रुपैयाँ प्रतिलिटरका दरले बढाएको छ । ग्यासमा पनि प्रति सिलिण्डर १५ रुपैयाँ बढाएको निगमले जानकारी दिएको छ ।

निगमले भाउ बढाएपछि अब भोलि विहीबार विहानैदेखि पेट्रोल एक लिटको १७० रुपैयाँ, डिजेलको १५८ रुपैयाँ र ग्यास एक सिलिण्डरको १ हजार ९ सय १० रुपैयाँ पर्ने भएको छ । निगमले स्वचालिन मूल्य अनुसार भारतबाट बढेर आउँदा बढाउने र घटेर आउदा घटाउने गरेको छ ।

निगमका अनुसार पेट्रोलमा भारतबाट ४ रुपैयाँ ५३ पैसा, डिलेलमा २ रुपैयाँ ३२ पैसा र ग्यासमा प्रति सिलिण्डर १५ रुपैयाँ ७८ पैसा बढेकोले सोही अनुसार नेपालमा पनि मूल्य समायोजन गरेको बताएको छ ।

640
Shares

ट्रेन्डिङ