सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • काठमाडौंका सडकमा भेटिएका गाईबाच्छालाई काञ्जी हाउसमा राखिँदै

काठमाडौंका सडकमा भेटिएका गाईबाच्छालाई काञ्जी हाउसमा राखिँदै

1035
Shares
काठमाडौंका सडकमा भेटिएका गाईबाच्छालाई काञ्जी हाउसमा राखिँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि सडकमा भेटिएका गाईबाच्छालाई काञ्जी हाउसमा राख्ने भएको छ ।

सडकमा छाडिएका चौपायाले खान नपाएको, तिर्खा लागेका बेला पानीसमेत नपाएको, बिरामी पर्दा उपचार नपाएको र सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै रहने भएकाले यस्ता जोखिमबाट जोगाउन काञ्जी हाउसमा लैजान लागिएको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले जानकारी दिए ।

दक्षिणकाली नगरपालिका वडा नम्बर ७ कोपुगाउँमा रहेको काञ्जी हाउसमा काठमाडौंका सडकमा भेटिएका गाईबाच्छालाई आजदेखि राखिने मेयर शाहले जनाएका छन् ।

आजदेखि महानगरका चारवटै क्षेत्रबाट सडकमा भएका गाईबाच्छा संकलन गरेर टेकु लगिँदैछ । दक्षिणकालीको कोपुगाउँमा काञ्जी हाउस सञ्चालन गर्न २०७८ फागुन ३ गते काठमाडौं महानगरपालिका र दक्षिणकाली नगरपालिकाबीच सम्झौता भएको थियो ।

1035
Shares

ट्रेन्डिङ