सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • काभ्रेबाट १३ जना जुवाडे पक्राउ, ४ लाख बरामद

काभ्रेबाट १३ जना जुवाडे पक्राउ, ४ लाख बरामद

2320
Shares
काभ्रेबाट १३ जना जुवाडे पक्राउ, ४ लाख बरामद

काभ्रे | धुलिखेलबाट जुवातास खेल्ने पक्राउ परेका छन् ।

अरनिको राजमार्ग अन्तर्गत धुलिखेल नगरपालिका वडा नम्बर ४ मा रहेको युनिक भोजनालयको कोठा नम्बर १०१ मा मानिसहरु जम्माभई जुवातास खेलिरहेको भन्ने काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरी टोलीले खान्तलासी गर्दा जुवाखालबाट नेपाली रुपैँया चार हजार रुपैँया बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार जुवातास खेल्ने १३ जनालाई नियन्त्रणमा लिइएको छ ।

उनीहरुको साथबाट नेपाली रुपैँया ४ लाख ४२ हजार ३५० रुपैँया बरामद भएको छ ।

2320
Shares

ट्रेन्डिङ