सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • गाउँपालिकाद्वारा खेलाडीलाई सहित सम्मान ५० हजार पुरस्कार

गाउँपालिकाद्वारा खेलाडीलाई सहित सम्मान ५० हजार पुरस्कार

1625
Shares
गाउँपालिकाद्वारा खेलाडीलाई सहित सम्मान ५० हजार पुरस्कार

काभ्रे | काभ्रेको बेथानचोक गाउँपालिकाले पदक विजेता खेलाडीलाई नगद गरेको छ । गत अक्टोबर १९ देखि २१ तारिखसम्म बंगलादेशमा आयोजित प्रथम बंगबन्धु अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगितामा व्यक्तिगत तर्फसमेत गरी प्रतियोगितामा २ वटा पदक जितेका स्थानीय एक खेलाडीलाई गाउँपालिकाले नगदसहित सम्मान गरेको हो ।

शुक्रबार गाउँपालिकाले बेथानचोकका विष्णु खत्रीलाई नगद ५० हजार रुपैयाँसहित प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरेको छ । बेथानचोक–५ भंगालाका खत्रीले नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै तेक्वान्दो तर्फको पुम्सेमा रजत पदक हात पार्न सफल भएका थिए भने टिम पुम्सेमा खत्रीसहित लेखबहादुर गुरुङ र गंगाराम आचार्यले कांस्य पदक जितेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष भगवान अधिकारीले विश्वस्तरको प्रदर्शन गर्दै गाउँपालिकाको मात्र नभई देशकै गरिमा बढाएकोमा धन्यवाद व्यक्त गरे । उनले खेलकुदको विकासका लागि गाउँपालिकाले प्राथमिकताका साथ लगानी गर्ने बताए । स्थानीय स्तरमा रहेका प्रतिभा उत्पादन र प्रोत्साहनका गाउँपालिकाले खेलकुदका गतिविधिलाई निरन्तर अघि बढाउने उनले बताए ।

1625
Shares

ट्रेन्डिङ