सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • मोरङ, सुनसरी, संखुवासभा लगायतका जिल्लामा भएका आगलागीमा लाखौंको क्षति

मोरङ, सुनसरी, संखुवासभा लगायतका जिल्लामा भएका आगलागीमा लाखौंको क्षति

920
Shares
मोरङ, सुनसरी, संखुवासभा लगायतका जिल्लामा भएका आगलागीमा लाखौंको क्षति

काठमाडौं । लक्ष्मी पूजाका दिन मोरङ, सुनसरी, संखुवासभा लगायतका जिल्लामा भएका आगलागीमा लाखौंको क्षति भएको छ ।

सुनसरी सदरमुकाम इनरुवा-१ को मुख्य बजारमा वृद्धिचन जैनले सञ्चालन गरेको किराना पसलमा गएराति आगलागी हुँदा ५० लाख मूल्य बराबरको क्षति भएको जनाएको छ ।  लक्ष्मी पूजाका दिन स्थानीयले मनोरञ्जनका लागि पड्काएको पटाका जैनको घर पछाडि रहेको रुखको बोट नजिक खस्दा आगलागी भएको प्रत्यक्षदर्शीले जनाएका छन् । आगलागीबाट एउटा काठको घर र घरभित्र सञ्चालनमा रहेको किराना पसल पूर्णरुपमा जलेर नष्ट हुँदा करिब ५० लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।

यसैगरी संखुवासभा सदरमुकाम खाँदबारी नगरपालिका-१ हिमावी टोलस्थित लिला राईको घरमा लक्ष्मी पूजा गरेको दियोबाट आगो सल्किँदा घर पूर्णरुपमा क्षति भएको छ । आगलागीबाट राईको घरमा राखेका लत्ताकपडा, खाद्यान्न, नगद ३१ हजार र घर परिसरमा पार्किङ गरी राखिएको एक अटो जलेका छन् । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।

यसैगरी मोरङको उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा भएको आगलागीमा परी ४ प्रहरी र २४ जना सर्वसाधारणसहित २८ जना घाइते भएका छन् । प्रहरीतर्फ एकजना असई, एक जना हबल्दार र दुई जना जवान घाइते भएका प्रहरीले जनाएको छ । घाइतेहरुको झापाको बीएमसी, विराट नर्सिङ होम, आर्या, रेडप्लस, लाइफलाइन लगायतका अस्पतालमा उपचार भइरहेको छ ।

920
Shares

ट्रेन्डिङ