सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • ९ लाख बढीको धनमाल चोरी गरि फरार

९ लाख बढीको धनमाल चोरी गरि फरार

970
Shares
९ लाख बढीको धनमाल चोरी गरि फरार

काठमाडौँ | ललितपुरको बालकुमारीबाट ९ लाख ७६ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । बिहीबार ललितपुर महानगरपालिका–८ स्थित बुद्ध कुमारी श्रेष्ठको घरबाट धनमाल चोरी भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

श्रेष्ठको घरबाट सुन, चाँदीका गहना र जिन्सी सामान चोरी भएको हो । चोरीमा संलग्नहरूको खोजी भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

970
Shares

ट्रेन्डिङ