सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजेशपायल राईमाथि स्टेजमै हातपात !

राजेशपायल राईमाथि स्टेजमै हातपात !

6150
Shares
राजेशपायल राईमाथि स्टेजमै हातपात !

 

न्यूयोर्क । नयाँवर्ष सन् २०२२ को स्वागतमा आयोजित एक सांगीतिक कार्यक्रममा प्रस्तुति दिइरहेका गायक राजेशपायल राईमाथि हातपात भएको छ ।

न्यूयोर्कमा आयोजित कन्सर्टमा गीत गाइरहेका गायक राईलाई एक दर्शकले स्टेजमा चढेर पछाडिबाट न्याँक्दै हातपातको प्रयास गरेका थिए ।

कार्यक्रममा सहभागी दर्शकले हातपातबाट हुनबाट जोगाएर ती व्यक्तिलाई त्यहाँबाट निकालेका थिए ।

सांगीतिक कार्यक्रममा सबैजना झुमिरहेका बेला ती व्यक्ति अचानक स्टेजमा चढेर हातपात गर्ने प्रयास गरिरहेको दृश्य भिडिओमा देख्न सकिन्छ ।

नयाँवर्ष मनाउन राई इज किङ भनेर चिनिने गायक राई अहिले न्यूयोर्क पुगेका छन् ।

नेपाली समयानुसार आज दिउँसो १२ बजे न्यूयोर्कमा उक्त कार्यक्रम भैरहेको थियो ।

 

6150
Shares

ट्रेन्डिङ