सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • बाँकेमा गोली चलायाे, ज्यान मार्ने उद्योगमा १ जना पक्राउ

बाँकेमा गोली चलायाे, ज्यान मार्ने उद्योगमा १ जना पक्राउ

835
Shares
बाँकेमा गोली चलायाे, ज्यान मार्ने उद्योगमा १ जना पक्राउ

काठमाण्डाै | बाँकेमा प्रहरीले गोली चलाएर एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बाँकेको जानकी गाउँपालिकामा गोली चलाएर ज्यान मार्ने उद्योगमा फरार रहेका आकाश रानालाई पक्राउ गरेको हो ।

प्रहरीले चलाएको गोली लागेर बैजनाथ गाउँपालिका घर भएका ३१ वर्षीय राना घाइते भएका छन् । फरार सूचीमा रहेका रानालाई पक्राउ गर्न खोज्दा भागेपछि गोली चलाएर पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।

हिजो बिहान कोहलपुरको चप्परगौडीमा आकाश रानासहितका युवाहरूले मीनबहादुर विकलाई आक्रमण गरेका थिए । रानाको समूहले खुकुरी प्रहार गर्दा २९ वर्षीय मीनबहादुर गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि भारतको लखनउमा पठाइएको छ ।

835
Shares

ट्रेन्डिङ