सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • १० लाख रुपैयाँ ठग्ने एक जना पक्राउ

१० लाख रुपैयाँ ठग्ने एक जना पक्राउ

700
Shares
१० लाख रुपैयाँ ठग्ने एक जना पक्राउ

काठमाण्डाै | पोर्चुगल पठाइदिन्छु भन्दै १० लाख रुपैयाँ ठग्ने एक जना पक्राउ परेका छन् । रोल्पाको गंगादेव गाउँपालिका घर भई अहिले काठमाण्डौको गोङ्गबुमा बस्ने निमराज डाँगीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका डाँगीले जोनसन श्रेष्ठलाई मासिक एक लाख २० हजार रुपैयाँ तलब हुनेगरी पोर्चुगल पठाइदिने भनेर १० लाख रुपैयाँ लिएका थिए । शुरुमा १६ लाख रुपैयाँ मागेका डाँगी १० लाख रुपैयाँ लिएपछि फरार भएका थिए ।

उनलाई पक्राउ गरेर थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

700
Shares

ट्रेन्डिङ