सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • २६ गते काँग्रेस केन्द्रीय समिति बैठक

२६ गते काँग्रेस केन्द्रीय समिति बैठक

4230
Shares
२६ गते काँग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं ,मंसिर १८,   नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडलले बुधबार प्रेस विज्ञप्ति जारी गरी पार्टी मुख्यालय सानेपामा मंसिर २६ गते दिउँसो १ बजेलाई बैठक बोलाइएको जानकारी दिए ।

उक्त बैठकमा उपनिर्वाचनको समीक्षा, नेतृत्वविहीन भ्रातृ संस्था र पार्टीको केन्द्रीय विभागहरु गठनबारे एजेण्डा रहेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार आगामी पुस ७ गतेमा सुरु हुने तेस्रो चरणको पार्टीको राष्ट्रिय जागरण अभियानबारे पनि छलफल हुनेछ ।

4230
Shares

ट्रेन्डिङ