सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • भूकम्पबाट बाँचेकाहरु पनि चिसोकै कारण ज्यान गुमाउँदै

भूकम्पबाट बाँचेकाहरु पनि चिसोकै कारण ज्यान गुमाउँदै

540
Shares
भूकम्पबाट बाँचेकाहरु पनि चिसोकै कारण ज्यान गुमाउँदै

जाजरकोट । जाजरकोट, नलगाड नगरपालिका ८ तल्लोसिमाकी सुत्केरी २५ वर्षीया शर्मिला चँदाराको चिसोबाट मृत्यु भएको छ ।

उनी  कात्तिक २२ गते सुत्केरी भएकी थिइन् । शर्मिलाले एक छोरीलाई कात्तिक २२ गते जन्म दिएकी थिइन् भने एक बच्चाको जन्मिनुअघि नै मृत्यु भएको थियो । उनी प्रादेशिक अस्पताल सुर्खेतबाट शनिबारमात्र डिस्चार्ज भएकी थिइन् ।

कम्पपछि त्रिपालमा रात बिताउँदै आएकी शर्मिलालाई पछिल्लो दुइ सातादेखि चिसोले बिरामी भएकि थिईन । उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि थप उपचारका लागि उनलाइ प्रदेश अस्पताल कालाँगाउँ सुर्खेत लगिएको थियो उपचार पश्चात उनलाइ घर पुर्याए लगत्तै उनको मृत्यु भएको थियो ।

चिसोका कारण जाजरकोटमा सुत्केरीसहित ११ जना भूकम्पपीडितको मृत्यु भईसकेको छ ।

540
Shares

ट्रेन्डिङ