सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • ठमेलको चोकचोकमा सिसीटिभी जडान

ठमेलको चोकचोकमा सिसीटिभी जडान

705
Shares
ठमेलको चोकचोकमा सिसीटिभी जडान

काठमाडौँ | काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेलका चोकमा सीसी क्यामेरा जडान सुरु गरिएको छ । ठमेल पर्यटन विकास परिषद्को पहल तथा काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको सहयोगमा ठमेलका प्रत्येक चोकमा सीसी क्यामेरा जडान गरिएको हो ।

परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल क्षेत्रको शान्तिसुरक्षा बलियो बनाइ यस क्षेत्रलाई सफा, सुन्दर, सुरक्षित र व्यवस्थित बनाउनका लागि सीसी क्यामेरा जडान सुरु गरिएको बताए ।

उनका अनुसार ठमेलभित्रको लैनचौर मार्ग, क्षेत्रपाटी मार्ग, नर्सिङ चोक मार्ग, भगवती बहाल मार्ग, चाक्सीबारी मार्ग, सातघुम्ती मार्ग, जेपी लाइन मार्ग र पर्यटन मार्गभित्र ८० वटा सीसी क्यामेरा जडान गरिएको छ । ‘चार ठूला क्यामरासहित एक सय १२ सीसी क्यामेरा जडान गर्नेगरी काम भइरहेको छ, हाल ८० क्यामेरा जडान गर्ने कार्य सम्पन्न भएको छ’, अध्यक्ष शर्माले भने ।

ठमेल क्षेत्रभित्र सीसी क्यामेरा जडान गर्न यसअघि काठमाडौँ महानगर प्रहरी, काठमाडौँ उपत्यका प्रहरी कार्यालय र ठमेल पर्यटन विकास परिषद्का प्रतिनिधिले ठमेल क्षेत्रभित्र आवश्यक पर्ने सीसी क्यामेराको अध्ययन गरेको थियो ।

विसं २०४७ मा ठमेल क्षेत्रको विकासका लागि स्थापना भएको परिषद्मा ठमेलभित्रका दुई हजारभन्दा बढी घरधनी तथा व्यवसायी आबद्ध छन् । उक्त परिषद्ले ठमेल क्षेत्रको विकासका क्षेत्रमा काम गर्दै आइरहेको छ ।

705
Shares

ट्रेन्डिङ