सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • १ भारतीय नागरिक नक्कली नोटसहित पक्राउ

१ भारतीय नागरिक नक्कली नोटसहित पक्राउ

595
Shares
१ भारतीय नागरिक नक्कली नोटसहित पक्राउ

रौतहट | रौतहटको चन्द्रपुर नगरपालिका–१० बालचनपुरस्थित चोकबाट प्रहरीले नक्कली नोटसहित एक जना भारतीयलाई पक्राउ गरेको छ ।

बिहारको पूर्वी चम्पारण दार्पा थाना–१ सुखलहिया टोल बस्ने ३८ वर्षीय सुरेन्द्र ठाकुरलाई नक्कली नोटसहित पक्राउ गरिएको इलाका प्रहरी चन्द्रनिगाहपुरका प्रहरी निरिक्षक गायत्री शर्माले जानकारी दिए । ठाकुरलाई जिल्ला अदालत रौतहटबाट सोमबार ५ दिनको म्याद थपेर अनुसन्धान थालेको प्रहरीको भनाइ छ ।

‘पक्राउ परेका ठाकुर नक्कली नोटको पेशेवर भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,‘उनले भने,‘अनुसन्धानपछि ठाकुरको पृष्ठभूमि धेरै पत्ता लाग्न सक्छ । हामीले गहिरिएर अनुसन्धान थालेका छौँ ।’ प्रहरीले मसिर ३० गते ठाकुरलाई पक्राउ गरे पनि सोमबार अदालतबाट म्याद थपेपछि घटनाबारे सार्वजनिक गरेको हो ।

ठाकुरले बालचपुरमा रहेको ठेला पसलमा एक किलो सुन्तला खरिद गर्न एक हजारको नोट दिएका थिए । पसल सञ्चालकले उक्त नोट नक्कली भएको शंका लागेर प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि इलाका प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक आनन्द रायको कमान्डमा टोली बालचनपुर पुगेर ठाकुरको शरीर खानतलासी गर्दा पाइन्टको दाहिनेतर्फको खल्तीबाट सक्कली जस्तो देखिने नक्कली नोट र एकथान च्यातिएको गरी बीस हजार नक्कली नोट बरामद गरेको थियो ।

प्रहरी निरीक्षक शर्माले पक्राउ परेका ठाकुरलाई खोटा चलनसम्बन्धी कसुरमा अदालतबाट म्याद थपेर अनुसन्धान थालेको बताए ।

595
Shares

ट्रेन्डिङ