सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१

बजारस्थित सुन पसलमा चोरी

985
Shares
बजारस्थित सुन पसलमा चोरी

धनकुटा | धनकुटा नगरपालिका–७, हुलाकटोलमा शनिबार राति एक सुन पसलमा चोरी भएको छ । जिल्ला अस्पताल अगाडि रहेको जिमी ज्वेलर्समा चोरी भएको प्रहरीले जनाएको छ ।

पसलको पछिल्लो भागको ढोका फुटाएर चोरी भएको प्रहरी निरीक्षक होमप्रसाद अधिकारीले जानकारी दिए । करिब चार केजी चाँदी र आधा तोला सुन चोरी भएको उनले बताए । उनका अनुसार, सुनचाँदी तथा नगद राखिएको सेफ फोड्ने प्रयास गरिएको पाइएको छ । घटनामा करिब पाँच लाख बराबरको सुनचाँदी चोरी भएको प्रहरीको भनाइ छ ।

सेफ फोड्न नसकेपछि बाहिर राखिएका सुनचाँदी चोरेर भागेको पसलका सञ्चालक सन्दिप पण्डितले जानकारी दिए । पसलमा राखिएको सीसीटिभीको हार्डड्राइभ समेत चोरी भएकोले संलग्नको पहिचान हुन सकेको छैन ।

आइतबार बिहान पसल खोल्दा चोरी भएको थाहा पाएको सञ्चालक पण्डितले बताए । प्रहरीले घटनाबारे थप अनुसन्धान कार्य अघि बढाएको जनाएको छ ।

985
Shares

ट्रेन्डिङ