सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • काभ्रे जिल्ला अदालतबाट गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको डिभोर्स

काभ्रे जिल्ला अदालतबाट गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको डिभोर्स

590
Shares
काभ्रे जिल्ला अदालतबाट गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको डिभोर्स

काभ्रे । सम्बन्धमा दरार आएपछि  गायक निशान भट्टराई र मोडल  ऋचा न्यौपानेले डिभोर्स गरेका छन् ।

चैत ७ गते काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले सम्बन्धबिच्छेदको आदेश दिएको हो ।

२०७७ सालमा दुईबिच विवाह भएको थियो ।दुई वर्षको प्रेम सम्बन्धलाई उनीहरूले कानुनी विवाहमा परिणत गरेपनि सम्बन्ध लामो समय टिक्न नसकेपछि उनीहरुले सम्बन्ध बिच्छेद गरेका हुन् ।

निशान नेपाल आइडलको पहिलो सिजनको फस्ट रनरअप हुन् भने पछिल्लो समय उनी चल्तीका गायक हुन् । ऋचा भने मोडलिङ पेशामा आबद्ध छिन् । 

590
Shares

ट्रेन्डिङ