सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • दिदीबहिनीलाई नै जबर्जस्ती गरेको आरोपमा १ जना पक्राउ

दिदीबहिनीलाई नै जबर्जस्ती गरेको आरोपमा १ जना पक्राउ

1065
Shares
दिदीबहिनीलाई नै जबर्जस्ती गरेको आरोपमा १ जना पक्राउ

लमजुङ | दिदीबहिनीलाई नै जबर्जस्ती करणी गरेको आरोपमा लमजुङ प्रहरीले क्व्होलासोथार गाउँपालिका-३ का ६२ वर्षीय उदिमजंग गुरुङलाई पक्राउ गरेको छ । १४ र १२ वर्षीया बालिकालाई ललाई फकाई जबर्जस्ती करणी गरेको जाहेरीका आधारमा गुरुङलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

गत बिहीबार पक्राउ परेका गुरुङविरुद्ध शुक्रबार जिल्ला अदालतबाट ७ दिनको थप म्याद लिई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ ले निषेधित कसुर अपराध जबर्जस्ती करणी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । १४ वर्षीया बालिकालाई भदौ २४ र १२ वर्षीया बालिकालाई कात्तिक २६ मा जबर्जस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले बताएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईले २ जना बालिकामाथि जबर्जस्ती करणी गरेको अभियोगमा गुरुङविरुद्ध मुद्दा अघि बढेको बताए ।

जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी मिनबहादुर घलेले घटनाबारे अनुसन्धान भइरहेको बताए । ‘हामीले पीडकलाई पक्राउपछि म्याद थपेर मुद्दा अघि बढाएका छौं । सबै कुराहरु अनुसन्धानबाट खुल्ने नै छ’, उनले भने ।

1065
Shares

ट्रेन्डिङ