सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बाँस्कोटाले झुटो प्रचार गरे ‘हामी कांग्रेस मै छौँ, एमाले प्रवेश गरेका छैनौँ’

बाँस्कोटाले झुटो प्रचार गरे ‘हामी कांग्रेस मै छौँ, एमाले प्रवेश गरेका छैनौँ’

16445
Shares
बाँस्कोटाले झुटो प्रचार गरे ‘हामी कांग्रेस मै छौँ, एमाले प्रवेश गरेका छैनौँ’

काभ्रे : एमाले काभ्रेका ईन्चार्ज समेत रहेका पूर्व मन्त्री गोकुल बाँस्कोटाले मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर ११ जैसीथोकका नेपाली काँग्रेसका युवालाई एमालेमा प्रवेश गराएको भन्दै गरिएको प्रचार झुटो भएको खुलसा भएको छ । हिजो बाँस्कोटाले जैसीथोक कांग्रेसका प्रभावशाली युवाहरू एमालेमा प्रवेश गरेको भन्दै प्रचार गराएका थिए ।

तर त्यसको एकदिन नबित्दै एमाले प्रवेश गरेका भनिएका युवाहरूले आफुहरू कांग्रेसमै रहेको विज्ञप्ति निकालेर बताएका छन् । ती युवाहरूले बाँस्कोटालाई भेट्दैमा एमाले प्रवेश गर्यो भनेर गरिएको हल्लाको खण्डन गर्दै आफुहरू कांग्रेसमै रहेको बताएका हुन् ।

आफ्नो नगरपालिकामा काभ्रे जिल्लामै सबै भन्दा बढी एमालेबाट निर्वाचित जनप्रतिनिधि नेकपा (एकीकृत समाजवादी) पार्टीमा गएपछि अत्तालिएका बाँस्कोटाले भेट्न पुगेका कांग्रेसका युवालाई एमाले प्रवेश गरेको भन्दै प्रचारबाजी गरेको खुलसा भएको छ । कांग्रेस युवाहरूले बाँस्कोटाको प्रचारको भ्रममा पर्न अपिल गरेका छन् ।

मण्डनदेउपुर नगरपालिकाका मेयर एवं नेकपा (एकीकृत समाजवादी) का काभ्रे जिल्ला अध्यक्ष टोकबहादुर वाइबाले जैसीथोकको विकास निर्माणमा चरम भ्रष्ट्रचार गरेको र स्थानीयको चासो कम भएको भन्दै बाँस्कोटाले नै आफुहरूलाई छलफलका लागि घरमा बोलाएको बताइए । कांग्रेसका युवाहरूलाई पहिला तीर्थ लामा र हाल गोकुल बाँस्कोटा सुमन तामाङले बाँस्कोटाको घर पुर्याएको सुसन तामाङले जानकारी दिनुभयो ।

‘हामी हाम्रो गाउँ ठाउँको विकास निर्माणको छलफलका लागि बाँस्कोटाको घर गएका थियौ । त्यहाँ पुगेपछि बाँस्कोटाले हामीहरुलाई खादा लगाएर स्वागत गर्नुभयो । त्यसपछि परिचय हुँदा हाम्रो नाम टिपेर राखिएको थियो । पछि न्युजमा त काँग्रेस छाडेर एमालेमा प्रवेश भन्ने आयो । हामी अचम्ममा पर्यौ, सुसन तामाङले भन्नुभयो ।’

कांग्रेस छाडेर एमाले गएको भनिएका सुसन तामाङ, तिलकबहादुर तामाङ, कृष्णबहादुर तामाङ, सन्तबहादुर तामाङ, पासाङ तामाङले आफूहरुले नेपाली काँग्रेस नछाडेको बताएका छन् । त्यसैगरी जैसीथोककै गणेश तामाङ र सत्यमान तामाङ पनि आफूहरु काँग्रेसमै रहेको विज्ञप्ती निकालेर जनाएका छन् ।

युवाहरूले एमाले काभ्रेका ईन्चार्ज एवं पूर्व मन्त्री बाँस्कोटाले आफुहरूको चरित्र हत्या गरेको बताए ।एमाले प्रवेश गरिएका भनिएका युवाहरूले सोमबार महासमिति सदस्य ठाकुरप्रसाद न्यौपाने र मण्डनदेउपुर नगरपालिका वडा न ११ मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका दिपेन्द्र लामाको उपस्थितिमा विज्ञप्ति जारी गर्दै विश्वासको पार्टी नेपाली काँग्रेस नै रहेकाले भ्रममा नपर्न आग्रह गरेका हुन् ।

बाँस्कोटाले जैसीथोकका दुई दर्जन युवाहरू एमाले प्रवेश गरेको भन्दै प्रचारबाजी गरेका थिए । ‘बाँस्कोटालाई भेट्न गएका कांग्रेसका सबै युवाहरूले एमाले प्रवेश नगरेको बताइसक्नु भएको छ । अन्य युवाहरूका बारेमा चासो राख्ने कुरा भएन्, कांग्रेस जैसीथोकका नेता दिपेन्द्र लामाले  भन्नुभयो ।’

16445
Shares

ट्रेन्डिङ