सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • संसदीय दलको विधान पुनर्संरचना रास्वपाले गर्ने

संसदीय दलको विधान पुनर्संरचना रास्वपाले गर्ने

700
Shares
संसदीय दलको विधान पुनर्संरचना रास्वपाले गर्ने

काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको विधान पुनर्संरचना गर्ने निर्णय गरेको छ।

सोमबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको संसदीय दलको बैठकमा दलको विधानमा पुनर्संरचना गर्ने विषयमा छलफल भएको सो पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।

‘हामीले यसअघि नै संसदीय दलको विधानको मस्यौदा तयार गरेका थियाैं। जलेश्वरको बैठकपछि त्यसलाई फेरि पुनर्संरचना गर्नपर्ने भएर विधानसम्बन्धी छलफल गर्‍याैं,’ उनले भने।

बैठकमा आगामी अधिवेशनमा संसद र संसदीय समितिलाई सक्रिय बनाउने विषयमा छलफल भएको उनले बताए। त्यस्तै सांसदले आफ्नो क्षेत्रगत समस्या संसदको शून्य समयमा र राष्ट्रिय मुद्दा विशेष समयमा प्रस्तुत गर्ने विषयमा छलफल भएको उनले बताए।

‘पार्टीले राष्ट्रिय मुद्दालाई अध्ययन र अनुसन्धान गरी टुंग्याउने हिसाबले उठान गर्नेबारे पनि छलफल भयो,’ उनले भने।

सचेतक निशा डाँगीले जनताका मुद्दा र सार्वजनिक महत्वका विषयमा उठाएको मुद्दाको सम्बोधन र समाधानका विषयमा पार्टी कहाँ चुक्यो भन्नेमा छलफल भएको जानकारी दिइन्।

‘हामीले विगतमा जे जति मुद्दा उठायाैं, त्यसलाई टुंगोमा पुर्‍याउन बिर्सिएको हो कि भन्ने विषय आजको बैठकमा छलफल भयो,’ उनले भनिन्, ‘विगतमा हामी कहीँ कतै चुकेको भए आगामी दिनमा कस्ता मुद्दा उठाउने र त्यसलाई कसरी निरन्तरता दिने विषयमा पनि छलफल केन्द्रित भयो।’

700
Shares

ट्रेन्डिङ