सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • नेपाल तामाङ संघको केन्द्रीय कार्यसमिति बिस्तार

नेपाल तामाङ संघको केन्द्रीय कार्यसमिति बिस्तार

795
Shares
नेपाल तामाङ संघको केन्द्रीय कार्यसमिति बिस्तार

ललितपुर | नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल तामाङ संघको केन्द्रिय कार्यसमिति बिस्तार भएको छ । आज ललितपुरको धोविघाटमा एक भब्य कार्यक्रमकाबीच उक्त केन्द्रीय कार्यसमिति बिस्तार भएको हो । नेपाल तामाङ संघको नेतृत्वमा रामकृष्ण तामाङको अध्यक्षमा ३९ सदस्यीय केन्द्रीय तदर्थ समितीले आज पदस्थापन तथा सपथ ग्रहण गरेका छन् । कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रीय सह महामन्त्री भिष्मराज आङ्दाम्बे थिए ।

उनले कार्यक्रम सफलताको शुभकामना दिदै नेपाली काङ्ग्रेस जस्तो पार्टी भित्र पनि आफ्नै साथीले प्राप्त गरेको उपलब्धि प्रति धारेहात लगाउने व्यक्तिहरुको खाचो नहुने रहेछ भन्दै यस्तो प्रवृत्तिप्रती आफुलाइ दु:ख लागेको बताए । उनले हाम्रो मुलुक कुनै एक जाति र भाषा र सस्कृतिको मात्र नभई सयौं थुङ्गा फुलका माला जस्तै गरि मुलुकलाई सिंगार्ने बाटोमा सबै तामाङहरु लाग्नुपर्ने धारणा राखे । नेपाली काङ्ग्रेसको सस्कार कुनै शासक र शासित जस्तो होइन भन्दै नेपाली काङ्ग्रेसको पहिचान भनेको सम्पुर्ण जातजाति, धर्म र भाषा सस्कृतीलाई एकै साथ लैजाने एक गौरवशाली पार्टी भएको जिकिर गरे ।

कार्यक्रमका सभापति एबम नेपाल तामाङ संघका केन्द्रिय अध्यक्ष रामकृष्ण तामाङ इन्द्रले अहिले ३९ सदस्यीय कार्यसमिति बिस्तार गरेको छु आगामी दिनमा सबै जिल्लाहरुबाट प्रतिनिधित्व हुने गरि अन्य सदस्य हरुपनी बिस्तार गरीने बताए । साथै उनले १४/१५ बर्ष पछि भएपनि सबै तामाङहरु एकै ठाउँमा बस्न पाएकोमा आफुलाई गर्व लागेको बताए ।

साथै उनले तामाङ जातिको हित र भलाइको लागि सामाजिक, राजनैतिक, आर्थिक जस्तो सुकै अबस्थामा पनि आफू तयार रहेको बताए । कार्यक्रममा उपस्थित अन्य बिशिष्ट अतिथि तथा अतिथि हरुले नेपाल तामाङ संघले चाडैंनै महाधिवेशन गर्न सफल होस् भनी शुभकामना प्रदान गरेका थिए ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य गणेश लामा, नेपाली काङ्ग्रेसको केन्द्रिय सदस्य एबम सम्सदिय दलको सचेतक सुशीला थिङ , केन्द्रिय सदस्य एबम जनजाति बिभाग प्रमुख दिलमान पाखृन , मकवानपुर जिल्ला सभापति बुद्ध लामा, नेपाली काङ्ग्रेस दोलखा जिल्ला सभापति वर्मा लामा, रामेछाप जिल्ला सभापति पुर्ण बहादुर तामाङ, नेपाली काङ्ग्रेस काभ्रेका सचीव गुणराज मुक्तान, नेपाली काङ्ग्रेस ललितपुरका सहसचिव ऋषिदेव फुयाल लगाए पार्टीका नेता तथा कार्यकर्ताको उपस्थित रहेको थियो ।

795
Shares

ट्रेन्डिङ