सबैको समाचार
बुधबार, साउन २५, २०७९
  • होमपेज
  • अब काभ्रेमा सात दिनमै पासपोर्ट पाइने

अब काभ्रेमा सात दिनमै पासपोर्ट पाइने

अब काभ्रेमा सात दिनमै पासपोर्ट पाइने

काठमाडौं । राहदानी विभागले अब १५ दिनमै जिल्लामा राहदानी (पासपोर्ट) पुग्ने जनाएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै विभागले जिल्लाबाट आवेदन दिएकाहरूले बढीमा १५ दिनमै पासपोर्ट पाउने व्यवस्था मिलाइएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट आवेदन भएका राहदानीहरूलाई विभागले प्रत्येक हप्ता प्रिन्ट गरेर पठाउने व्यवस्था गरेकाले काठमाडौं उपत्यकाभित्रका जिल्ला र काभ्रेमा आवेदन गर्नेहरूले एक हप्ता भित्रमा र अन्य जिल्लाको हकमा १० देखि १५ दिन भित्र राहदानी प्राप्त गर्ने सुनिश्चितता मिलाइएको विभागको विज्ञप्तिमा उल्लेख छ ।

अहिले दैनिक रूपमा विभागमा आवेदन गर्नेको संख्या २,४०० रहेको र राहदानी तयार भएपछि लिन आउनेको संख्या र अन्य आकस्मिक कार्यका लागि गरी दैनिक पाँच हजार भन्दा बढी सेवाग्राहीहरूलाई सेवा प्रदान गरिरहेको विभागको दाबी छ । दैनिक रूपमा ६,५०० राहदानी उत्पादन गरी वितरणको व्यवस्था मिलाएको विभागले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका