सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • एसईई सधैका लागि खारेज गर्ने तयारी

एसईई सधैका लागि खारेज गर्ने तयारी

4970
Shares
एसईई सधैका लागि खारेज गर्ने तयारी

काठमाडौं, २८ जेठ : करिब तीन महिनायताको अन्योलपछि सरकारले एसईई परीक्षा नगर्ने निर्णय गरेको छ। यसपटक विद्यालयद्वारा गरिएको आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने निर्णय भएपनि एसईई सधैका लागि खारेज गर्ने गरि प्रक्रिया अगाडी बढेको छ ।

देशभरीका धेरै विद्यालयमा क्वारेन्टाइन रहेको र अवस्था झन् प्रतिकुल हुँदै गएकोले परीक्षा स्थगित गरिएको शिक्षा मन्त्रालयले जनाएको छ । मन्त्रीपरिषद्ले गरेको निर्णय प्रमाणित भएर आएपछि आवश्यक कार्यविधि बनाईने र विद्यार्थीको मुल्याँकनको विधि तय गरिने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले सीआईएनलाई जानकारी दिनुभयो । विद्यालय जति नम्बर राखेर पठायो त्यही अनुसारको नतिजा सार्वजनिक गरिनेछ ।

संघीय शिक्षा ऐनबाटै सम्बोधन गर्ने गरी आगामी बर्षदेखि पनि विद्यालयले नै परीक्षा दिनेगरि ब्यवस्थापन हुनेगरि प्रक्रिया अगाडी शर्माले बताउनुभयो । अब विद्यालयले यस अघि नै गरेको मूल्याँकनलाई स्थानीय तहमा रहेको कक्षा ८ को परीक्षा सञ्चालन गर्ने संयन्त्रबाट सिफारिस गर्ने, उक्त कामको अनुगमन प्रदेश सरकारले गर्ने र बोर्डले प्रमाणिकरण गर्ने छ ।

शिक्षाविद्‌हरूले धेरै पहिलेदेखि आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीहरूलाई कक्षा चढाउन सकिने सुझाव दिँदै आएका थिए। कक्षा ११ र १२ को परीक्षाका विषयमा भने निर्णय भएको छैन । तर त्यसलाई पनि विद्यालय तशको शिक्षा मानिएकाले स्थानिय सरकारकै ब्यवस्थापनमा परीक्षा गर्ने सरकारको तयारी छ ।

4970
Shares

ट्रेन्डिङ