सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१

बस पल्टिँदा १५ जना घाइते

695
Shares
बस पल्टिँदा १५ जना घाइते

तनहुँ | जिल्लाको व्यास नगरपालिका–१० स्थित परेवाडाँडामा शुक्रबार दिउँसो बस पल्टिँदा १५ जना घाइते भएका छन् ।

दमौली–भोर्लेटार भित्री सडक खण्डमा दमौलीबाट लमजुङ कुन्छातर्फ जाँदै गरेको ना६ख ५४७९ नम्बरको बस अनियन्त्रित भइ सडकदेखि करिव १० मिटर तल खस्न गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरूको दमौलीस्थित रत्नहरी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

695
Shares

ट्रेन्डिङ