सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • तातो खोलेमा डुबेर बालिकाको मृत्यु

तातो खोलेमा डुबेर बालिकाको मृत्यु

950
Shares
तातो खोलेमा डुबेर बालिकाको मृत्यु

दमक । झापामा तातो खोलेमा परेर दुई वर्षीया बालिकाको मृत्यु भएको छ । 

ह्रदशी गाउँपालिका वडा नं. ५ का गोपाल टुडूकाकी छोरी सृष्टि टुडूकाकाे उपचारको क्रममा मृत्यु भएको हो । बालिकाको उपचारका क्रममा मङ्गलबार मृत्यु भएको हो ।

बालिकालाई बचाउन हरसम्भवको प्रयास गरिए पनि बचाउन नसकिएको इजि हेल्थ केयर फाउण्डेशनका संरक्षक उज्ज्वलविक्रम थापाले बताएका छन् ।

पाँच दिनअघि घरमै तातो खोलेमा परेकी सुष्टिको आर्थिक अभावका कारणले समयमा उपचार हुन नसकेको बताइएको छ । स्थानीय स्तरमा उपचार सम्भव नभएपछि इजि हेल्थ केयर फाउण्डेशनको सहयोगमा बालिकाको थप उपचारका लागि काठमाडाैंस्थित सुष्मा मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो ।

950
Shares

ट्रेन्डिङ