सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • जिल्ला अदालतले सुनायो सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

जिल्ला अदालतले सुनायो सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

635
Shares
जिल्ला अदालतले सुनायो सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

 काठमाडौं ।  जिल्ला अदालत काठमाडौंले सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ ।

बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई  न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश समेत गरेको छ ।

जिल्ला अदालतका अनुसार सन्दीपलाई कैदबाहेक ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश भएको छ ।

१३ पुसमा जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । 

५ भदौ, २०७५ मा बन्द प्रशिक्षणमा रहेका बेला क्रिकेटर सन्दीप लामिछाने ताहाचलस्थित हायात प्यालेस होटलबाट निस्केर पीडित (गौशाला २६)लाई भेटेका थिए ।

सन्दीपले पीडितलाई नगरकोट घुमाएर फर्किएपछि सिनामंगलस्थित एक होटलमा बास बसेको र त्यस क्रममा बलात्कार गरेको भन्दै पीडित गौशाला २६ ले जाहेरी दिएकी थिइन् ।

635
Shares

ट्रेन्डिङ