सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

710
Shares
यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

रामेछाप ।  लिखुतामाकोशी गाउँपालिका –७ अन्तरगत नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्की यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् ।

सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्राले आफूमाथि शिक्षक सार्कीले यौन दुर्व्यवहार गरेको र कारबाहीका निम्ति आवेदन गरेपछि अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले बताएका छन् ।

गत मङ्सिर २७ गते दिउँसो विद्यालय बाहिरको एउटा घरमा बोलाएर परीक्षाका लागि तयार पारेको प्रश्नपत्र प्रदान गर्ने बहानामा छात्रामाथि यौन दुर्व्यवहार गरेका थिए ।

710
Shares

ट्रेन्डिङ