सबैको समाचार
आइतवार, चैत्र १९, २०७९
  • होमपेज
  • पाँचखाल नगरपालिकाको उप प्रमुख सुर्यमायाले गरिन पदभार ग्रहण

पाँचखाल नगरपालिकाको उप प्रमुख सुर्यमायाले गरिन पदभार ग्रहण

पाँचखाल नगरपालिकाको उप प्रमुख सुर्यमायाले गरिन पदभार ग्रहण

काभ्रेको पाँचखाल नगरपालिकाको उप प्रमुखले पदभार ग्रहण गरेकी छन् ।

सपथ लिएको झण्डै एक हप्ता पछि निर्वाचित उपप्रमुख सुर्यमाया दनुवारले आज पदभार ग्रहण गरेकी हुन् । नेकपा एमालेबाट उप मेयरमा निर्वाचित सूर्यमाया दनुवारलाई सपथ ग्रहणकै दिन नयाँ कार्यकक्षको व्यवस्था गरिएको थियो।

निवर्तमान उपमेयरको कार्यकक्ष बन्द गरेर उनलाई नयाँ कोठामा राखिएको पछि सुर्यमायाले पदभार ग्रहण गरेकी थिइनन् । पहिलाको कोठा सानो र ढुसी आएकाले नयाँ कार्यकक्ष बनाइएको नगपालिकाले जनाएको थियो।

यता उप प्रमुख दनुवारले भने जनतासामु सहजै सम्पर्क हुन नसक्ने स्थानमा सारिएको भन्दै असन्तुष्टि व्यक्त गरेकी थिइन् । आज उनले नयाँ कार्यकक्षमा नै पदभार ग्रहण गरेकी हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका