सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • काभ्रेमा तास खेल्ने ७ जना पक्राउ

काभ्रेमा तास खेल्ने ७ जना पक्राउ

1645
Shares
काभ्रेमा तास खेल्ने ७ जना पक्राउ

काभ्रे | काभ्रेको पनौती नगरपालिका वडा ४ स्थित बसपार्क बाट ७ जना लाई नगद रकम सहित पक्राउ गरेको छ। पनौती बसपार्कमै संचालनमा रहेका होटलमै खाजा घरको बहानामा जुवातास खेलाई रहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

पक्राउ पर्नेको नाम भने प्रहरीले गोप्य राखेको छ। बसपार्कमा होटल भने मनिक श्रेष्ठले संचालन गरेको खाजा घर हो ।

प्रहरीको गोप्य सुचनाका आधारमा बसपार्कमा रहेको खाजा घरबाट ७ जनालाई पक्राउ गरेको हो। ७ जनाका साथबाट ५६५७० ( छपन्न हजार पाँच सय सत्तरी) नगद र एक बुक तास समेत बरामत गरि नियन्त्रणमा लिई थप अनुसन्धानको लागि ईलाका प्रहरी बनेपामा राखिएको प्रहरीले जानकारी दिएको छ।

1645
Shares

ट्रेन्डिङ