सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • नक्कली डाक्टर पक्राउ, ‘क्लिनिक’ पनि चलाउँदै आएका थिए

नक्कली डाक्टर पक्राउ, ‘क्लिनिक’ पनि चलाउँदै आएका थिए

880
Shares
नक्कली डाक्टर पक्राउ, ‘क्लिनिक’ पनि चलाउँदै आएका थिए

काठमाण्डाै | प्रहरीले काठमाण्डौबाट नक्कली डाक्टरलाई पक्राउ गरेको छ । काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली डाक्टर ४० वर्षका सम्बुद्ध भट्टाचार्यलाई पक्राउ गरेको हो ।

मोरङको विराटनगर महानगरपालिका–२ का भट्टाचार्यले धौलागिरि पोलिक्लिनिक सञ्चालन गर्दै आएका काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । उनले अहिलेसम्म ४० जना बिरामीलाई उपचार गराएको प्रारम्भिक बयान दिएका छन् ।

भट्टाचार्यले चीनबाट एमबीबीएस गरेको र शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत रहेको बताउने गरेका थिए । प्रहरीका अनुसार उनले विदेश जाने व्यक्तिको मेडिकल रिपोर्टसमेत बनाउने गरेका थिए । उनले नक्सालमा रहेको ’वी केयर’ मा पनि काम गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

नेपाल मेडिकल काउन्सिलको नक्कली दर्ता प्रमाण पत्र देखाएर पोलिक्लिनिक सञ्चालन गर्दै आएका सम्बुद्ध भट्टाचार्यले यस्तो काम गरेको ३ वर्ष भएको पनि बयान दिएका छन् ।

880
Shares

ट्रेन्डिङ