सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • १३ वर्षीया बालिकालाई बलात्कार आराेपमा २ जना पक्राउ

१३ वर्षीया बालिकालाई बलात्कार आराेपमा २ जना पक्राउ

440
Shares
१३ वर्षीया बालिकालाई बलात्कार आराेपमा २ जना पक्राउ

काठमाडाैं | खाेटाङ र धनकुटाबाट बलात्कार आराेपमा दुईजना पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा खोटाङकाके बराहपोखरी गाउँपालिका-२ सुन्तले बस्ने २० वर्षीय सन्तोष आलेमगरलाई प्रहरीले पक्राउ गरेको छ ।

आलेमगरले ती बालिकालाई पुस २९ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी हुक्नाजोरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटाकाे साँगुरीगढी गाउँपालिका-८ खुडी बस्ने ४४ वर्षीय अनके लोहोरूङ राईलाई प्रहरीले पक्राउ गरेको छ ।

राईले ती बालिकालाई सोही गाउँपालिका-८ टप्पु डाँडास्थित गोठमा गत मंगलबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

440
Shares

ट्रेन्डिङ