सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • चोरीको मोटरसाइकल सहित काभ्रेका २ जना पक्राउ

चोरीको मोटरसाइकल सहित काभ्रेका २ जना पक्राउ

5350
Shares
चोरीको मोटरसाइकल सहित काभ्रेका २ जना पक्राउ

काभ्रे : ईलाका प्रहरी कार्यालय बनेपाले चोरीको मोटरसाइकल सहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रोशी गाउँपालिका वडा नम्बर १० का राजेश ठकुरी र कृष्ण शाही रहेका छन् । उनीहरुलाई रातको समयमा खटिएको प्रहरी गस्ती टोलीले विशेष सुचनाका आधारमा बनेपा नगरपालिका वडा नम्बर ६ बुडोलबाट नियन्त्रणमा लिइएको हो ।

सडकमा शंकास्पद रुपमा आएको बागमती प्रदेश–०२–०३४ प. ४१६१ नं. को २२० सि.सि.को कालो रातो रंगको पल्सर मोटरसाइकल रोकी चेकजाँच गर्दा सवारीको कागजातहरु साथमा नभएको बताएपछि नियन्त्रणमा लिइएको हो ।

उनीहरुले उक्त मोटरसाइकल भक्तपुरको सुर्यबिनायक नगरपालिका वडा नम्बर २ बालकोटबाट चोरी गरी ल्याएको बयान दिएका छन् । उनीहरुलाई मोटरसाइकल सहित आवश्यक कारबाहीको लागि प्रहरी वृत्त ठिमी भक्तपुर पठाइएको ईलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

5350
Shares

ट्रेन्डिङ