सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • घुससहित नापी सर्वेक्षक पक्राउ

घुससहित नापी सर्वेक्षक पक्राउ

8115
Shares
घुससहित नापी सर्वेक्षक पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी सर्वेक्षक गणेश मिश्र र लेखापढी व्यवसायी प्रमोद पाण्डेलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।
आयोगले नापी कार्यालय टोखा चण्डेश्वरी, काठमाडौँ (साबिक टोखा सरस्वती नापी कार्यालय) का नापी सर्वेक्षक मिश्र र लेखापढी व्यवसायी पाण्डेलाई जग्गा हालसाविक गर्ने प्रयोजनका लागि घुस रकम लिँदै गर्दा नियन्त्रणमा लिएको जनाएको छ ।
उजुरीको आधारमा आयोगको गएको टोलीद्वारा निजहरुलाई रु एक लाख घुस लिँदै गर्दा कार्यालय परिसरबाटै नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ । रासस

8115
Shares

ट्रेन्डिङ