सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काेराेनाबाट एकै दिन १४ जनाकाे ज्यान गयाे, थप ३ हजार १ सय ७५ जनामा सङ्क्रमण

काेराेनाबाट एकै दिन १४ जनाकाे ज्यान गयाे, थप ३ हजार १ सय ७५ जनामा सङ्क्रमण

4340
Shares
काेराेनाबाट एकै दिन १४ जनाकाे ज्यान गयाे, थप ३ हजार १ सय ७५ जनामा सङ्क्रमण

 

काठमाडौं, २० माघ : नेपालमा पछिल्लाे २४ घण्टामा काे राे ना भाइरसकाे स ङ्क्र म णबाट १४ जनाकाे ज्यान गएकाे छ ।

याेसहित नेपालमा काे राे ना स ङ्क्र मणबाट ज्या न गु माउनेकाे सङ्ख्या ११ हजार सात सय ७८ पुगेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

यस्तै नेपालमा थप तीन हजार एक सय ७५ जनामा काे राे स ङ्क्र म ण पुष्टि भएकाे छ । पीसीआर र एन्टिजेन गरी १२ हजार ६ सय पाँच जनाकाे नमुना परीक्षण गर्दा तीन हजार एक सय ७५ जनामा स ङ्क्र म ण पुष्टि भएकाे हाे ।

यसमा व्यक्तिगत रूपमा परीक्षण गरेर इमेल र एसएमएसबाट पठाएको विवरण पनि समावेश रहेको मन्त्रालयले जनाएको छ । यस्तै २४ घण्टामा आठ हजार सात सय २३ जना स ङ्क्र मणमुक्त भएका छन् ।

याेसहित नेपालमा काे राे नाबाट निकाे हुनेकाे सङ्ख्या आठ लाख ८७ हजार चार सय ४३ पुगेकाे छ । अहिले नेपालमा ६३ हजार दुई सय ९६ जना काे राे नाका सक्रिय सङ्क्र मित रहेका छन् ।

यसैबीच नेपालमा थप दुई लाख ६६ हजार पाँच सय ४० जनाले कोरोना खोप लगाएका छन् । योसहित नेपालमा तीन करोड २७ लाख २४ हजार आठ सय ३९ मात्रा खोपको प्रयोग भएको छ ।

यसमा एक करोड ७३ लाख दुई हजार सात सय ८७ जनाले कम्तीमा एक मात्रा, एक करोड ४९ लाख २७ हजार आठ सय ९८ जनाले पूर्ण मात्रा र ४९ लाख ४१ हजार पाँच सय ४१ जनाले अतिरिक्त खोप लगाएका मन्त्रालयले जनाएको छ ।

 

 

4340
Shares

ट्रेन्डिङ