सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द

विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द

645
Shares
विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द

कपिलवस्तु । विद्यार्थी एकाएक बेहोस हुन थालेपछि कपिलवस्तुको एक विद्यालय दुई दिनका लागि बन्द गरिएको छ ।

शिवराज नगरपालिका– १ शिवपुरमा रहेको नेपाल आदर्श उच्च माध्यमिक विद्यालयका विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको हो । शिवराज नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनेश चौधरीका अनुसार पठनपाठनकै समयमा केही दिनयता बेहोस हुने, चिच्च्याउने, रुनेलगायत समस्या देखिन थालेपछि विद्यालय बन्द गरिएको हो ।

विद्यार्थीको स्वास्थ्य अवस्थालाई दृष्टिगत गरी विद्यालय बन्द गरेको विद्यालयका प्रधानाध्यापक मुक्तिनाथ पोख्रेलले बताएका छन् । विद्यालयमा समस्या देखिएपछि मनोविश्षेलकहरूसँग परामर्श गरिएको नगरप्रमुख अजय थापाले बताए ।

केही बेर बेहोस हुने, कराउने गरेपछि आफैँ ठीक हुने गरेको बताइएको छ । केही समयपछि फेरि अरू विद्यार्थीलाई पनि यस्तो समस्या देखिएपछि विद्यालयको पठनपाठन बन्द भएको हो । केही समयअघि सरस्वती आधारभूत विद्यालयमा पनि यस्तै समस्या भएको थियो । छात्रामा देखिएको समस्या ‘मास हिस्टेरिया’ भएको चिकित्सकहरू बताउँछन् ।

645
Shares

ट्रेन्डिङ