सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • फुटबलर मनिष डाँगीको घरमा चोरी, ३ जना पक्राउ

फुटबलर मनिष डाँगीको घरमा चोरी, ३ जना पक्राउ

575
Shares
फुटबलर मनिष डाँगीको घरमा चोरी, ३ जना पक्राउ

 काठमाडौं । राष्ट्रिय फुटबल खेलाडी मनिष डागीको घरमा चोरी भएको छ ।

चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रविण तामाङ, राजन श्रेष्ठ र अनुप तामाङ रहेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार ललितपुर, इमाडोलको बासुकी टोलस्थित मनिषको तीन तले घरमा ६ फागुनको साँझ चोरी भएको थियो । नगद, गरगहना समेत गरी ४५ लाख रुपैयाँ चोरी भएको थियो ।  

575
Shares

ट्रेन्डिङ