सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • गठबन्धन फेरिएपछि एकीकृत समाजवादी अलमलमा

गठबन्धन फेरिएपछि एकीकृत समाजवादी अलमलमा

620
Shares
गठबन्धन फेरिएपछि एकीकृत समाजवादी अलमलमा

काठमाडौं ।  सत्ता समीकरणमा फेरबदल आएसँगै नेकपा एकीकृत समाजवादी अलमलमा परेको छ ।

सरकारको नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्रले प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेससँगको गठबन्धनलाई तोडेर एमाले र रास्वपालगायत दलसँग मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय गरेसँगै एकीकृत समाजवादी अलमलमा परेको हो ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नयाँ राजनीतिक घटनाक्रमका विषयमा दिउँसो ३ बजे बस्ने सचिवालयको बैठकमा छलफल हुने बताए ।

अहिलेसम्म नयाँ गठबन्धनमा माओवादीसँग नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी सरकारमा सहभागी हुने भएका छन् । तर दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रले गठबन्धन गर्दा एकीकृत समाजवादी भने बाहिर परेको छ ।

यद्यपि, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीलाई पनि सँगै लिएर जाने पार्टीको पदाधिकारी बैठकमा बताएका छन् ।

620
Shares

ट्रेन्डिङ