सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • कर्मचारीले लोक सेवा तयारी कक्षामा पढाउन नपाउने , शेयर किन्न पाउने

कर्मचारीले लोक सेवा तयारी कक्षामा पढाउन नपाउने , शेयर किन्न पाउने

305
Shares
कर्मचारीले लोक सेवा तयारी कक्षामा पढाउन नपाउने ,  शेयर किन्न पाउने

काठमाडौं । बहालवाला कर्मचारीहरुले  खुला बजारबाट शेयर खरिद गर्न भने पाउने  भएका छन् भने लोक सेवा आयोगले लिने परीक्षाको तयारी कक्षामा पढाउन नपाउने भएका छन् ।

सोमबार दर्ता भएको संघीय निजामती सेवा विधेयकको परिच्छेद ९ मा कर्मचारीहरुको आचरणको व्यवस्था छ । त्यसअन्तर्गत कर्मचारीहरुले गर्न हुने र गर्न नहुने कामहरुको विवरण राखिएको छ ।

नेपाल सरकारको स्वीकृति विना कुनै बैंक, कम्पनी वा सहकारी संस्था स्थापना गर्न वा सन्चालनको काममा भाग लिन तथा कानुन बमोजिम दर्ता गराउनुपर्ने कुनै व्यापार व्यवसाय गर्न पनि कर्मचारीले पाउने छैनन् । तर, खुल्ला बजारबाट शेयर खरिद गर्न वा आधारभूत शेयरधनी नहुने गरी एक प्रतिशतभन्दा कम संस्थापक शेयर खरिद गर्न भने सकिने छ ।

कर्मचारीहरुलाई राजनीतिमा भाग लिन, सरकारको आलोचना गर्न, बन्द हड्ताल गर्न, अन्यत्र नोकरी गर्न, सरकारी कामकाजसम्बन्धी समाचार प्रकाश गर्न, दान, उपहार चन्दा आदि प्राप्त गर्न र सापटी लिन बन्देज गरिएको छ ।

लोक सेवा आयोग वा सार्वजनिक निकायबाट पदपूर्तिका लागि लिइने प्रतियोगितात्मक परीक्षाको तयारीका लागि सन्चालन गरिने प्रशिक्षण कार्यक्रममा कुनै पनि निजामती कर्मचारीले प्रशिक्षण दिन पाउने छैनन् ।

अन्तरसरकारी निकाय वा अन्तर्राष्ट्रिय विकास साझेदार बाहेकका निकायबाट सन्चालित आयोजनामा कर्मचारी वा परामर्शदाताको रुपमा काम गर्न, अवकाश हुने पछिल्लो एकवर्षभित्र बहाल रहेको निकायको कार्यक्षेत्रसँग सम्बन्धित रहेको संस्था वा त्यस्तो निकायले नियमन गर्ने संस्थाको कर्मचारी वा परामर्शदाताको रुपमा काम गर्न पनि पाइने छैन ।

facebook sharing button
twitter sharing button
messenger sharing button

305
Shares

ट्रेन्डिङ