सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • काेरियन नागरिक ‘बाथरुम’ मा मृत फेला

काेरियन नागरिक ‘बाथरुम’ मा मृत फेला

975
Shares
काेरियन नागरिक ‘बाथरुम’ मा मृत फेला

सोलुखुम्बु | सगरमाथा क्षेत्रकाे भ्रमणमा आएका एक कोरियाली नागरिक बाथरुममा मृत भेटिएका छन् । कोरियाका २९ वर्षीय वोङ् ह्याङ ग्याङ खुम्बु पासङल्हामु गाउँपालिका–४ एक रिसोर्टको बाथरुममा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार रिसोर्टमा बास बसेका ग्याङ मङ्गलवार रातिकाे समयमा मृत भेटिएका हुन् । उनको शव पोस्टमार्टमका लागि हेलिकप्टरमार्फत काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ ।

ग्याङ गएकाे असोज ३० गते सगरमाथा क्षेत्र भ्रमणका लागि खुम्बु आएका प्रहरीकाे भनाइ छ ।

975
Shares

ट्रेन्डिङ