सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • दलहरु आन्तरिक छलफलमा, आजै मन्त्रिपरिषद् विस्तारको तयारी

दलहरु आन्तरिक छलफलमा, आजै मन्त्रिपरिषद् विस्तारको तयारी

265
Shares
दलहरु आन्तरिक छलफलमा, आजै मन्त्रिपरिषद् विस्तारको तयारी

काठमाडौं । आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी अनुसार सत्ता गठबन्धनका दलहरु आन्तरिक छलफलमा व्यस्त भएका छन् ।

आजै एकीकृत समाजवादीको बैठक बस्दै छ । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतले मंगलबार भेटेर सरकारमा सहभागी हुन अनुरोध गरेका थिए । 

माओवादी केन्द्रका शीर्ष तहका नेताहरु मंगलबार बेलुकी छलफलमा बसेका थिए । गएरातिको छलफलबाट अघिल्लो पटक मन्त्री बनेकाहरुलाई नदोहोर्याउने समझदारी नेताहरुबीच भएको स्रोतको दाबी छ । आज मन्त्रालय बाँडफाँटको विषयमा सत्ता गठबन्धनको कार्यदलको बैठक बस्ने तयारी छ ।

मन्त्रालय बाँडफाँटमा सहमति जुटाउन गठबन्धन दलका एक-एक जना नेताहरु सम्मिलित कार्यदल बनाइएको छ । कार्यदलले शीर्ष नेताहरुलाई सिफारिस गर्ने र आजै अन्तिम टुंगो लगाएर नयाँ मन्त्रीहरुको शपथ ग्रहण गराउने तयारी छ ।

265
Shares

ट्रेन्डिङ