सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • कैदीबन्दीले पठाए भूकम्पपीडितलाई  राहत

कैदीबन्दीले पठाए भूकम्पपीडितलाई  राहत

780
Shares
कैदीबन्दीले पठाए भूकम्पपीडितलाई  राहत

झापा । झापा जिल्ला कारागारका कैदीबन्दीले जाजरकोट र पश्चिम रूकुमका भूकम्पपीडितको सहयोगार्थ आधा दिनको सिदा रकम प्रदान गरेका छन्।

कैदीबन्दीका तर्फबाट प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा आज ५८ हजार ६ सय ८५ जम्मा गरिएको कारागार प्रमुख मोहन पनेरुले बताए।

कैदीबन्दीले दैनिक सिदाबापत ८० पाउँछन् । त्यसमध्ये आधा रकम भूकम्पपीडितलाई सहयोग दिइएको हो । झापा कारागारमा हाल एक हजार पाँच सय ६० जना कैदीबन्दी रहेका छन् ।

यसैगरी, विर्तामोड नगरपालिकाले भूकम्पपीडितको सहयोगार्थ पाँच लाख सहयोग गरेको छ। नगर कार्यपालिकाको बैठकले निर्णय गरेपछि उक्त सहयोग रकम प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा जम्मा गरिएको नगरप्रमुख पवित्रा महतराले बताइन्।

780
Shares

ट्रेन्डिङ