सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • जनताको अवस्था परिवर्तन गरौं: झलनाथ खनाल

जनताको अवस्था परिवर्तन गरौं: झलनाथ खनाल

265
Shares
जनताको अवस्था परिवर्तन गरौं: झलनाथ खनाल

 काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नयाँ सरकारलाई जनताको अवस्था परिवर्तन गर्ने गरी काम गर्न सुझाव दिएका छन् ।

खनालले जनताको गुनासो सम्बोधनका लागि सरकारले श्रमजीवी, भूमिहीन, गरीब र सुकुमबासी जनताका समस्याहरू समाधान गर्न भूमिसुधार गर्नुपर्ने, कृषि उत्पादनलाई व्यापक बनाउने, कृषि क्रान्तिलाई अघि बढाउनुपर्ने, मुलुकलाई राष्ट्रिय औद्योगिकरणको दिशामा अघि बढाउनुपर्ने बताएका छन् ।

शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तन गर्नुपर्ने, मंहगी र मूल्य वृद्धिलाई नियन्त्रण गर्नुपर्ने, भ्रष्टाचारीलाई निर्ममतापूर्वक नियन्त्रण गर्नुपर्ने, हर क्षेत्रमा रोजगारी सिर्जना गर्नुपर्ने, राष्ट्रिय अर्थतन्त्रको हित अनुरूप भन्सार नीति बनाउनुपर्ने उनको भनाइ छ ।

पग्लिरहेको हिमालको संरक्षण गर्नुपर्ने, फैलँदो प्रदूषणबाट वातावरणको संरक्षण गर्नुपर्ने, मुलुकलाई गरिबी उन्मुलनको दिशामा अघि बढाउनुपर्नेर्े, मुलुकको विकास निर्माणको कामलाई तीव्रता प्रदान गर्नुपर्ने, मुलुकको भूभाग र सीमानाको दृढतापूर्वक रक्षा गर्नुपर्ने चुनौतीपूर्ण कामहरुलाई नयाँ सरकारले कार्यभारका रुपमा लिनुपर्ने उनले बताएका छन् ।

265
Shares

ट्रेन्डिङ