सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • दावा छिरिङ्गको नागरिकता सनाखत गर्ने अधिकृत अर्याल पक्राउ

दावा छिरिङ्गको नागरिकता सनाखत गर्ने अधिकृत अर्याल पक्राउ

980
Shares
दावा छिरिङ्गको नागरिकता सनाखत गर्ने अधिकृत अर्याल पक्राउ

काभ्रे :- सुन तस्करीमा संलग्न मध्य मुख्य आरोपी मानिएका दावा छिरिङ्गको नागरिकता जारी गर्दा सनाखत गर्ने एक जना सरकारी कर्मचारीलाई पक्राउ गरिएको छ। गत मिति २०८०/०४/१४ गते सुन केशमा पक्राउ परेका बेल्जियम मूलका नागरिक दावा छिरिङ्ग हाल केन्द्रीय कारागारमा छन्।

दावा छिरिङ्ग सहित अन्य ५ जनाले समेत काभ्रे प्रशासनबाट नागरिकता लिएको पुस्टीनै भएपछी काभ्रे प्रशासनले दावाको नागरिकता खारेजीका लागी गृह मन्त्रालयलाई सिफारिस गरेको थियो। दाबा संगै पछिल्लो समय प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको यो नागरिकता प्रकरणमा काभ्रे प्रशासनबाट २० पुस २०७४ मा तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र चिनियाँ नागरिक दावाजिन वाङलाई वंशजका आधारमा नागरिकता जारी भएको थियो ।दावाले वडाको सिफारिस विनानै नागरिकता लिएको पुस्टि नै भएको छ।

दाबा लामाले काभ्रेबाट लिएको नागरिकतामा उल्लेख भएको नमोबुद्ध नगरपालिका वडा न ११ का वडा अधक्क्ष कृष्ण ब तामाङ्गले नागरिकता लिन आफुले सिफारिस नगरेको जानकारी गराउदै आएका छन्। दावाले २०७४ पुस २० गते काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका ११ बाट वंशजको नागरिकता लिएका थिए । जिल्ला प्रशासन कार्यालय काभ्रेले दावाको वंशजको नागरिकता जारी भएको पुष्टि गरेको छ ।

नागरिकता लिएको एक महिनामै उनले २०७४ माघ ११ गते नेपाली राहदानी लिएकाका थिए । नेपाली नागरिकता र राहदानीमा उनको जन्म मिति २०४१ वैशाख १५ गते उल्लेख छ । अहिले उनी नेपाली र बेल्जियम दुवै मुलुकको राहदानी प्रयोग गर्दै आएको विवरण अध्यागमन विभागले नै सार्वजनिक गर्दै आएको छ। निमा तामाङले नागरिकतामा पेमा तामाङ राखेका छन् । नागरिकता प्रमाणपत्र नम्बर ३०–१–७४–११८६८ रहेको छ ।

तत्कालीन प्रशासकीय अधिकृत झपेन्द्रराज खरेलले निमाको नागरिकतामा हस्ताक्षर गरेका हुन् । नागरिकतामा हस्ताक्षर गर्ने अधिकार कानुनले प्रशासकीय अधिकृतलाई दिएको छ । तत्कालीन प्रमुख जिल्ला अधिकारी शिव शिंखडाले नागरिकतामा हस्ताक्षर गर्ने अधिकार प्रमुख प्रशासकीय अधिकृतको हुने भएकाले आफूलाई जानकारी नभएको दावी गर्दै आएका छन्।

दावाले निमा तामाङका नाममा र वाङले पासाङ तामाङका नाममा नागरिकता लिएको अनुसन्धानबाट खुलेको थियो । नागरिकता सनाखत गराउने रामचन्द्र अर्याल र जारी गर्नेमा झपेन्द्रराज खरेल रहेको आधारमा उनीहरुमाथि अनुसन्धान भइरहेको हो । उपसचिव कृष्णबहादुर कटुवाल संयोजकत्वको गृह मन्त्रालयको छानबिन समितिले दुई चिनियाँलाई नेपाली नागरिकता दिलाएको पुष्टि गर्दै तत्कालीन अधिकृत खरेल र नासु अर्याललाई कारबाही सिफारिस गरेकोमा आज अर्याललाई पक्राउ गरिएको हो।

दाबा लामा र अन्य बिदेशीलाई समेत नागरिकता काभ्रे प्रशासनबाट जारि गर्दाको बखत सहयोगी भूमिका निभाएको आरोपमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा बागमती प्रदेशसभा सचिवालयमा हाल कार्यरत अधिकृत छैठौं तहका रामचन्द्र अर्याललाई प्रहरीले पक्राउ गरेको काभ्रे प्रहरीका सुचना अधिकारी तथा डीएपी राजकुमार श्रेष्ठले जानकारी दिएका छन्। अर्यालमाथि काभ्रे जिल्ला प्रशासनमा रहँदा सुन तस्करीमा संलग्न विदेशीलाई नेपाली नागरिकता दिलाउन सहयोग पुर्याएको आरोप छ ।

अर्यालसहितका कर्मचारी मार्फत काभ्रे प्रशासनले सुन तस्करलाई वंशजका आधारमा नागरिकता दिइएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । अर्याललाई अदालतबाट म्याद थप गरि थप अनुसन्धान कार्य अघि बडाईएको समेत काभ्रे प्रहरीले जनाएको छ। यसरी अहिले आएर सिआईबिले कर्मचारी पक्राउ गर्न थालेपनि दाबाको नागरिकता खारेज गर्न सिफारिस गरिसकेको काभ्रे प्रशासनलाई भने कुनै निर्णय गरेको जानकारी समेत गृह मन्त्रालयले काभ्रे प्रशासनलाई गराएको छैन।

गृह मन्त्रालयले मौनता साँध्नुलाई रहस्यमय रूपमा हेरिएको छ । निमा र दावा एकै व्यक्ति हुन् कि हैनन् ? नागरिकता विवरण र व्यक्तिको बारेमा पूर्ण विवरण माग्दै अध्यागमन विभाग, प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयले अलगअलग रूपले अनुसन्धान गरेको भए पनि दावा भनिने निमा र अन्य केहि व्यक्तिले समेत काभ्रे प्रशासनबाट लिईएको भनिएको नागरिकताका सवालमा कहिल्यै कारबाही अगाडी बढेको छैन ।

980
Shares

ट्रेन्डिङ