सबैको समाचार
सोमवार, बैशाख १७, २०८१

उचित छानबिन होस् : गिरी

4410
Shares
उचित छानबिन होस् : गिरी

नेपाली चलचित्र ‘छक्का पञ्जा’ को अनलाइन पाइरेसी भएपछि दोषी मानिएका कृष्ण सुवेदीले अनावश्यक मानसिक यातना सहन नसकी आत्महत्या गरेको घटनाले चर्को रुप लिदै गइरहेको छ ।
मृतक सुवेदीलाई धम्की दिएको कारण सुवेदी आत्म हत्या गरेको भन्दै दीपक राज गिरी लगायत नेपाली चलचित्र छक्का पञ्जा निर्माता टिमले आफ्नो नाम मुछेर सामाजिक सञ्जालदेखि केही समाचारमा समेत आएपछि फिल्मका निर्माण टीम सहित अभिनेता दीपकराज गिरीले घटनाको सत्यतथ्य छानबिनका लागि गौशालास्थित प्रहरी परिसरमा शनिबार निवेदन दिएका छन् । आफु विदेशमा रहेको बेला घटेको घटनामा पनि आफ्नो नाम र सामाजिक प्रतिष्ठा गिराउने काम भएको भन्दै उनले आफु प्रति लागेको सबै कुराहरु गलत भएको पुष्टि गरे ।
’छक्का पञ्जा’ पाइरेसीसम्बन्धी विषयलाई जोडी म र मेरो टिमको धम्कीको कारणले ज्यान गएको भन्ने आरोप लगाई पटकपटक विभिन्न स्थानहरूमा हाम्रो सामाजिक प्रतिष्ठा गिराउने काम भएकोले उक्त घटनाको सत्य तथ्य र निष्पक्ष छानबिन गरी दोषीउपर कानुनी कारबाही गरी पाऊँ’ निर्माता गिरीले लिखित निवेदनमा घटनाक्रम नबुझीकन हाम्रो टिमप्रति दुष्प्रचार भइरहेकाले र केही सञ्चार माध्यामहरुले आफुखुसी अदालतको जस्तै गरी निर्णय गरी आफुखुसी निर्णय गरी समाचार सम्प्रेषण गरेको उनले बताए । त्यस्ता व्यक्ति तथा संस्थाहरूसमेतलाई आवश्यक छानविन गर्न प्रहरीसमक्ष आग्रह समेत गरेका छन् । फिल्म टिमसहित दीपकराज शनिबार गौशाला प्रहरी परिसर पुगेर उक्त निवेदन दिएका थिए ।
दिपकराज गिरीले दिएको अभिव्यक्तिः

4410
Shares

ट्रेन्डिङ