सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • आज २०८० साल चैत २५ गते आइबारको राशिफल हेर्नुहोस्

आज २०८० साल चैत २५ गते आइबारको राशिफल हेर्नुहोस्

480
Shares
आज २०८० साल चैत २५ गते आइबारको राशिफल हेर्नुहोस्

मेष : राम्रो कामको थालनी गर्नुपर्ने दिन छ। यात्राको अवसर मिल्नेछ। मन मिल्ने साथीको सुझाव महत्त्वपूर्ण हुनसक्छ। लगानीको क्षेत्रबाट फाइदा हुनेछ। खेलमा भए अवार्ड र सामाजिक काम भए सम्मान मिल्नेछ।

वृष : परोपकारमा मन जानेछ। मन्दिर भ्रमणले मन शान्त हुनेछ। सञ्चित धन खर्च हुनेछ। आफूभन्दा ठुलाको साथ रहने योग छ। परिवारको माया प्राप्त हुनेछ।

मिथुन : शेयर बजारमा फाइदा हुनेछ। आकस्मिक लाभको योग छ। मनोरञ्जनका साथ दिन बित्नेछ। थोरै श्रमबाट राम्रो आम्दानी हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : टुटेको सम्बन्ध पुर्नस्थापित हुनेछ। राम्रो कामबाट खुट्टा तान्ने सक्रिय छन्। परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ। सहयोग भन्दा आश्वासन बढी सुन्नुपर्ने छ।

सिंह : गोप्य ढंगले गरेको काम सफल बन्नेछ। हल्ला गर्ने तर काम नगर्ने शान्त हुनेछन्। लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा लाभ हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : आफन्तसँग रमाइलो भेट हुनेछ। राम्रो कामको थालनी गर्दा फाइदा हुनेछ। मनमा उत्साह बढ्नेछ। डर, त्रास र भयबाट मुक्त भएर ठुलो कामको थालनी गर्नुपर्ने दिन हो। परिवारमा नयाँ सदस्य थपिने देखिन्छ।

तुला : लामो समय रोकिएको काम बन्नेछ। भाग्यको उदय हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। खानपानमा सचेत हुनुपर्ने देखिन्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : घरमा विवाद हुनसक्छ। घरमा भन्दा भन्दा बाहिर रमाउने बानीले परिवारमा खटपट हुनसक्छ। आम्दानी घट्ने हुँदा खर्चले तनाव दिनेछ। वैदेशिक रोजगारीको बाटो खुल्ने योग रहेको छ।

धनु : भाग्यले साथ दिनेछ। काम देखाएर मन जित्न सकिने छ। धन कमाउन भन्दा जोगाउने कुराको चिन्ता बढ्नेछ। साथीभाइसँगको यात्रा रमाइलो हुनेछ। परिवारको साथ र सहयोग रहनेछ।

मकर : रचनात्मक काममा फाइदा हुनेछ। तपाईंको बोलीको प्रशंसा हुनेछ। वैदेशिक क्षेत्रको लगानी सफल बन्नेछ।परिवारबाट प्राप्त हुने मायाले निरन्तरता पाउने देखिन्छ।

कुम्भ : परिवारसँग रमाउने दिन हो। सबै कुरा आफैंले गर्नुभन्दा परिवारलाई अगाडि सारेर नयाँ कामको थालनी गर्दा फाइदा हुनेछ। आफन्तसँगको भेटघाटले मन खुशी हुनेछ।

मीन : आफ्नो कारणले आम्दानी भन्दा खर्च बढ्नेछ। सामाजिक क्षेत्रमा आफन्तबाट अवहेला हुनेछ। प्रेम सम्बन्धमा खटपटी हुनसक्छ।

480
Shares

ट्रेन्डिङ