सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • पाल्पामा जन्ती बोकेको सवारी दुर्घटना :  १० जना घाइते

पाल्पामा जन्ती बोकेको सवारी दुर्घटना :  १० जना घाइते

285
Shares
पाल्पामा जन्ती बोकेको सवारी दुर्घटना  :  १० जना घाइते

पाल्पा । निस्दी–३, खाँदरमा जिप दुर्घटना हुँदा  १० जना घाइते भएका छन् ।

लु १ ज २५३५ नम्बरको जिप शुक्रबार राति ९ बजेतिर जन्ती लिएर निस्दी खाँदरबाट सहलकोटतर्फ जाने क्रममा भित्री कच्ची सडकमा दुर्घटना भएको हो । दुर्घटना हुँदा जिपमा सवार १७ जनामध्ये १० जना घाइते भएको प्रहरीले जनाएको छ । 

घाइतेहरूको उपचारका लागि रामपुर अस्पतालमा पठाइएको छ । सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । जिप चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिएका छन् ।

285
Shares

ट्रेन्डिङ