सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • ‘सूचनाको अधिकार’ सार्वजनिक

‘सूचनाको अधिकार’ सार्वजनिक

2935
Shares
‘सूचनाको अधिकार’ सार्वजनिक

काठमाडौँ, ४ वैशाख । राष्ट्रिय सूचना आयोगले ‘सूचनाको अधिकार’ नामक पुस्तक सार्वजनिक गरेको छ । आयोगको दसाँै स्थापना दिवसका अवसरमा यहाँ आज आयोजित जलपान कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त पुस्तक सार्वजनिक गर्नुभयो । उक्त पुस्तकको दोस्रो संस्करण प्रकाशन भएको हो ।
पुस्तकमा नेपालमा सूचनाको हकको स्थिति, सूचनामा महिलाको पहुँच, असफलताबाट सिकाँै, सूचनाको हकको अभियान र अनुभूति, सूचनाको हकको प्रयोग र प्रचारमा नागरिक दायित्व, अन्तर्राष्ट्रिय अभ्यासको कसीमा नेपालको सूचना कानुनलगायत ३२ शीर्षकका लेख समावेश छन् । कार्यक्रममा आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सबै प्रकारका पाठकका लागि उपयोगी रहने बताउनुभयो । रासस

2935
Shares

ट्रेन्डिङ