सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • काठमाडौं विश्वविद्यालयमा स्वतन्त्र विधार्थी युनियनको अनिस्चितकालिन तलाबन्दी

काठमाडौं विश्वविद्यालयमा स्वतन्त्र विधार्थी युनियनको अनिस्चितकालिन तलाबन्दी

460
Shares
काठमाडौं विश्वविद्यालयमा स्वतन्त्र विधार्थी युनियनको अनिस्चितकालिन तलाबन्दी

काभ्रेपलान्चोक :- धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालय (केयू) को स्कुल अफ इन्जिनियरिङ र स्कुल अफ साइन्समा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) समर्थित विद्यार्थीले तालाबन्दी गरेका छन् ।

धुलिखेल ४ मा रहेको विश्वविद्यालयमा तालाबन्दी गरिएको हो । विज्ञप्ति जारी गर्दै युनियनले प्रशासनलाई विश्वविद्यालयमा भएको अनियमितताका विषयमा बुझाएको मागपत्र र छात्रवृत्ति वितरणमा भएको सिन्डिकेट कायमै रहेको भन्दै तालाबन्दी गरेको जनाएको छ ।

युनियनले आफ्ना माग सम्बोधन गर्न विश्वविद्यालयलाई भनेको छ । माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम गर्ने विज्ञप्तिमार्फत चेतावनीसमेत दिइएको छ ।

460
Shares

ट्रेन्डिङ